सामाजिक सञ्जालमा ‘एरेस्ट केपी’ अभियान : जेन–जी अगुवाहरूको आवाज

काठमाडौँ — जेन–जी पुस्ताका केही अगुवाहरूले सामाजिक सञ्जालमा ‘एरेस्ट केपी’ नामक अभियान सुरु गरेका छन्। उनीहरूले विभिन्न आन्दोलनका क्रममा भएको दमनका घटनालाई स्मरण गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सो घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै आवाज उठाएका हुन्।

अभियानको सुरुवात ‘हामी नेपाल’ नामक समूहका संस्थापक सुदन गुरुङले गरेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तस्बिरसहित कारबाहीको माग गरिएको पोस्टर सार्वजनिक गरेका छन्।

यसपछि जेन–जी समूहकी अर्की अगुवा रक्षा बमले पनि सामाजिक सञ्जालमार्फत समर्थन जनाउँदै पोस्टर शेयर गरेकी छन्। उनले विद्यार्थी आन्दोलनमा भएको दमनप्रति आपत्ति जनाउँदै न्यायको माग गरेकी छन्।

यसबाहेक युजन राजभण्डारी, भावना राउतलगायत अन्य युवाहरूले पनि उक्त अभियानमा सहभागिता जनाएका छन्। सामाजिक सञ्जालमार्फत तीव्र गतिमा फैलिरहेको यो अभियानलाई लिएर व्यापक छलफल सुरु भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर