फिलिपिन्सको मिन्दानाओमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

२४ असोज, काठमाडौं । फिलिपिन्सको मिन्दानाओ क्षेत्र केन्द्रबिन्दु बनेर शुक्रबार साँझ ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वे (USGS) ले जनाएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।

यो समाचार तयार पार्दासम्म भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन।

यसअघि, गत सेप्टेम्बर ३० मा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु र करिब १५० जना घाइते भएका थिए। अधिकारीहरूले हालको भूकम्पपछि पनि सम्भावित क्षति र उद्धार कार्यबारे निगरानी जारी राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर