राष्ट्रपतिसँग आज जेन–जीको छलफल, सहभागी संख्या २० नाघ्यो

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज जेन–जी आन्दोलनका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि जेन–जी टोलीलाई बिहान १० बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा बोलाइएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेन–जीको टोलीसँग देशको पछिल्लो राजनीतिक अवस्था र जेन–जीका मागका विषयमा व्यापक संवाद गर्ने तयारी गरेका छन् ।

पहिले १७ जना सहभागी हुने बताइएको छलफलमा अहिले सम्म सहभागी संख्या बढेर २२ पुगेको एक जेन–जी अगुवाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारमा जेन–जीको प्रतिनिधित्व सुनिश्चित गर्ने तयारी गरिरहेकै बेला यो बैठक बस्न लागेको हो, जसलाई राजनीतिक सहकार्य र संवादको नयाँ चरणका रूपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर