राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान स्वास्थ्यमा हल्का समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार सामान्य बान्ता भएपछि उहाँलाई अस्पताल लगिएको हो। कार्यालयले राष्ट्रपतिको स्वास्थ्यमा जटिलता नभएको स्पष्ट गरेको छ।
अस्पताल स्रोतले पनि अहिले कुनै गम्भीर समस्या नदेखिएको बताएको छ।
“बान्ता भएपछि ल्याइएको हो, जटिल समस्या केही देखिएको छैन,” स्रोतले भन्यो, “नसासम्बन्धी समस्या हो कि भनेर न्युरो विशेषज्ञहरूले जाँच गरिरहेका छन्।”
राष्ट्रपति पौडेललाई शनिबार बिहान करिब ११:३० बजे अस्पताल लगिएको थियो।




