काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाभित्रको फोहोर नउठ्ने भएको जनाएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज अत्यावश्यक सूचना जारी गर्दै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकाले हाल फोहोर उठाउन असम्भव भएको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, “उपत्यकाका सबै बासिन्दालाई अर्को सूचना जारी नभएसम्म घरबाट फोहोर बाहिर ननिकाली घर वा कम्पाउन्डभित्र सुरक्षित र सफा तरिकाले राख्न अनुरोध गरिन्छ।”
महानगरले सडक वा सार्वजनिक स्थलमा फोहोर फ्याँक्न निषेध गर्दै सहयोगका लागि आह्वान गरेको छ ।
बञ्चरेडाँडामा उत्पन्न समस्या समाधान नहुँदासम्म फोहोर ढुवानी र विसर्जन कार्य स्थगित रहने र नागरिकलाई धैर्य धारण गर्न अनुरोध गरिएको छ ।




