काठमाडौं । मंगलबार सुनचाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको ताजा मूल्यसूची अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार तीन हजार ६० रुपैयाँ प्रतितोला कायम भएको चाँदी मंगलबार ४५ रुपैयाँले घट्दै तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने हाल सुनको मूल्य प्रतिऔंस तीन हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




