काठमाडौँ — नेपाली बजारमा शुक्रबार सुन–चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार, आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रूपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला तीन हजार १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार २० रूपैयाँमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस तीन हजार ९९८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।




