नेपाली सेनामा ठूलो भर्ना : ३६०० जनाका लागि दरखास्त आह्वान

नेपाली सेनाले देशभरका विभिन्न पृतना, गण र बाहिनीका लागि ३६०० सैन्य पद खुला गर्दै दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले जारी गरेको विज्ञापनअनुसार उपत्यकादेखि प्रदेशका प्रमुख सैन्य केन्द्रहरूमा नयाँ भर्ती प्रक्रिया शुरू गरिएको हो।

कहाँ–कति जनाको माग?

  • उपत्यका पृतना, नारायणहिटी — ३५०

  • २६ नम्बर बाहिनी अड्डा, भकुण्डेबेसी (काभ्रे) — ७५

  • रणशेर गण, सूर्यविनायक (भक्तपुर) — १००

  • पूर्वी पृतना हेडक्वार्टर, इटहरी (सुनसरी) — २००

  • उत्तरी पश्चिम पृतना हेडक्वार्टर, निमारे (सुर्खेत) — ४२५ (सबैभन्दा बढी)

यस्तै, विभिन्न गण–बाहिनीमा थप संख्यामा पदहरू खुला गरिएको छ।

अन्य मागिएका पदहरू

सेनाले सैन्य पदसँगै विभिन्न ट्रेडका फलोअर्स पनि माग गरेको छ:
ब.का.सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार, चर्मकर्मी लगायतका पदहरू।

शैक्षिक योग्यता

  • सैन्य पदका लागि: कम्तीमा कक्षा ८ उत्तीर्ण
  • ग्रेड प्रणालीमा: न्यूनतम GPA 2.0, कुनै विषयमा D+ भन्दा कम नहोस
  • SEE वा माथिको प्रमाणपत्र पेश गर्नेका लागि: न्यूनतम GPA 1.6
  • ट्रेड फलोअर्सका लागि: साधारण लेखपढ गर्न सक्ने।

दरखास्त अवधि

  • कात्तिक २८ – मंसिर २७ : साधारण दस्तुरमा

  • मंसिर २८ – पुस ५ : दोब्बर दस्तुरमा

दस्तुर

  • खुला समुह : रु. १५०

  • समावेशी समुह : अतिरिक्त २०%

  • ट्रेड फलोअर्स : रु. १००

दरखास्त कहाँ दिने?

आफू नजिकको सेनाले तोकेको भर्ना छनौट कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित भएर दरखास्त दिनुपर्नेछ।

प्रतिक्रिया
सम्बन्धित खबर