३१ भदौ, काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक आज बस्ने भएका छन्।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ। बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १:१५ बजे बस्नेछ।
दुवै सदनका बैठकमा निर्धारित कार्यसूचीअनुसार विधेयक तथा समसामयिक संसदीय विषयमा छलफल हुनेछन्।




