३१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुने बैठकमा मुलुकमा देखिएका चुनौती तथा विपद् व्यवस्थापनका विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरिने रास्वपाले जनाएको छ।




