राष्ट्रिय परिचयपत्रमार्फत तीन लाखभन्दा बढी नयाँ मतदाता दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ३ लाख ८ हजार ५८५ जना नागरिकले नयाँ मतदाता नामावली दर्ता गराएका छन्। उक्त तथ्याङ्क मङ्सिर १ गते राति ९:३० बजे सम्मको हो।

दर्ता गराएकामध्ये १ लाख १५ हजार ७ पुरुष, १ लाख २७ हजार ६९ महिला र ९ जना अन्य रहेका छन्।

यससँगै, बायोमेट्रिक्स प्रणालीमार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। यो संख्या नयाँ मतदाता नामावली सङ्कलन खुला भएको दिनदेखि कात्तिक ३० गतेसम्म को हो।

आयोगका अनुसार मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ। राष्ट्रिय परिचयपत्र नम्बर रहेका नागरिकले अनलाइनमार्फत नै दर्ता गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर