एसीसी यू–१९ प्रिमियर कप : नेपाल उपाधि लक्ष्यसहित आज यूएईसँग निर्णायक भिडन्त

१५ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कपमा नेपाल उपाधि जित्ने लक्ष्यसहित आयोजक यूएईसँग आज फाइनल खेल्दैछ।

निर्णायक उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा निर्धारण गरिएको छ।

नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। त्यस्तै, यूएईले ओमानलाई ८ विकेटले हराउँदै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको छ।

दुवै टोली यसअघि नै यू–१९ एसिया कपको लागि छनोट भइसकेका छन्, किनकि प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दुवै टिम स्वतः छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने मलेसिया र ओमानबीच तेस्रो स्थानका लागि आज नै खेल हुनेछ, जसको विजेता पनि एसिया कपमा प्रवेश पाउनेछ।

यस पटकको यू–१९ प्रिमियर कपमा कुल १४ टोलीको सहभागिता रहेको थियो। आगामी डिसेम्बरमा यूएईमै यू–१९ एसिया कप आयोजना हुने छ।

प्रतिक्रिया
सम्बन्धित खबर