सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल बिहान ११:१५ बजे र दोस्रो खेल अपराह्न ४ बजे सुरु हुनेछन्।
पहिलो खेल: काठमान्डु गोर्खाज – पोखरा एभेन्जर्स
लिग चरणको अन्तिम खेल खेल्न मैदान उत्रन लागेको काठमान्डु गोर्खाज ६ खेलमध्ये ४ जितेर ८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान पक्का गर्नेछ।
पोखरा एभेन्जर्स पाँच खेलमा २ जितसहित ४ अंकका साथ पाँचौं स्थानमा छ। आजको खेल जित्नु पोखराका लागि प्लेअफमा पुग्ने सम्भावना जोगाइराख्न अत्यन्त महत्त्वपूर्ण हुनेछ।
काठमाडौँ गोर्खाज टोली:
करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव, सोनु देवकोटा।
पोखरा एभेन्जर्स टोली:
कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना, अभिषेक तिवारी।
दोस्रो खेल: चितवन राइनोज – सुदूरपश्चिम रोयल्स
अहिलेसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्स आज छैटौं खेल खेल्दैछ। १० अंक जोडेर शीर्ष स्थानमा बसेको उसले प्लेअफ स्थान पहिल्यै सुरक्षित गरिसकेको छ।
चितवन राइनोजले पनि आज छैटौं खेल खेल्नेछ। २ जितसहित ४ अंकमा रहेको चितवनका लागि आजको खेल प्लेअफमा पुग्ने अन्तिम मौका जस्तै महत्त्वपूर्ण छ।
सुदूरपश्चिम रोयल्स टोली:
दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर)।
चितवन राइनोज टोली:
कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर, सैफ जैब।
आजका दुवै खेल प्लेअफ समीकरण निर्धारणमा महत्वपूर्ण मानिँदै छन्, जसले एनपिएलको रोमाञ्चकता थप बढाएको छ।








