पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी, तर थुनामै रहने

विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनछेक बहस सम्पन्न भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले धरौटी माग गर्ने आदेश जारी गरे पनि अधिकारी भने थुनामै रहनेछन्। यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी अर्को मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भइसकेकाले उनी जेलमै रहने अदालतले स्पष्ट पारेको छ।

त्यसैगरी, क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि विशेष अदालतले १ लाख रुपैयाँ धरौटी माग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर