काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। केही दिनअघि तोलामा २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उच्च विन्दुमा पुगेको छापावाल सुनको मूल्य क्रमशः घट्दै आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १,४०० रुपैयाँले कम हो। बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ रहेको चाँदी बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




