काठमाडौँ । स्थानीय बजारमा सुन तथा चाँदीको मूल्यमा निरन्तर वृद्धि देखिएको छ। विगत पाँच दिनदेखि उकालो यात्रामा रहेको सुन–चाँदीको मूल्य आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु २ लाख ७७ हजार २०० मा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५ हजार ६४५ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला रु २ लाख ७६ हजार ५०० र चाँदी रु ५ हजार ४८५ मा कारोबार भएको थियो। बुधबार सुन रु २ लाख ७८ हजार तथा चाँदी रु ५ हजार ६५५ मा कारोबार भएको थियो भने मङ्गलबार सुन रु २ लाख ७६ हजार ५०० र चाँदी रु ५ हजार ३४० मा कारोबार भएको थियो।
गत आइतबार प्रतितोला रु २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन सोमबार एकैदिन रु ४ हजार १०० ले बढेर रु २ लाख ७४ हजार ७०० पुगेको थियो।
अन्तरराष्ट्रिय बजारतर्फ हेर्दा, आज सुन प्रतिऔँस ४ हजार ६१५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९२ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
निरन्तर बढ्दो मूल्यले गहना खरिद गर्ने उपभोक्ता तथा व्यवसायी दुवैलाई चासो र सतर्कतामा राखेको देखिन्छ।




