देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।
हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने, तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध आउन सक्ने महाशाखाले चेतावनी दिएको छ। साथै, लामो तथा छोटो दूरीका सवारी साधनका चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसमको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।




