नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकद्वारा निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा कायम गरिएको छ। यस्तै, साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा तोकिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५ रुपैयाँ ९८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ९० पैसा तोकिएको छ।
त्यसैगरी, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा तथा ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार यी विनिमयदर जुनसुकै समयमा संशोधन हुनसक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जानकारी पनि दिइएको छ।




