आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४७ रुपैयाँ नजिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ५० पैसा तथा बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

युरोपियन युरो १ को खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा कायम हुँदा युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार यी विनिमय दरहरू जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक पर्न सक्ने जनाउँदै अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर