साउदीद्वारा इरानी सैन्य सहचारीसहित ५ कूटनीतिज्ञलाई देश छोड्न २४ घण्टे आदेश

काठमाडौं । साउदी अरेबियाले इरानका एक सैन्य सहचारीसहित चार दूतावास कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्दै २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ ।

साउदी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार साउदी भूभागविरुद्ध इरानबाट भइरहेका निरन्तर गतिविधिलाई कारण देखाउँदै यस्तो कदम चालिएको हो ।

यस निर्णयसँगै ती कूटनीतिज्ञहरूले तोकिएको समयसीमाभित्र साउदी अरेबिया छोड्नुपर्ने भएको छ ।

(समाचार स्रोत: गल्फ-टाइम्स)

प्रतिक्रिया
सम्बन्धित खबर