काठमाडौं, ११ चैत — पछिल्लो एक सातादेखि लगातार ओरालो लागेको सुनको मूल्य बुधबार भने उच्च रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढ्न थालेसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला १४ हजार ६ सय रुपैयाँले वृद्धि भई २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ९२० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पनि तीव्र परिवर्तन देखिन थालेको छ।
प्रतिक्रिया
सम्बन्धित खबर




