नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेको हो।
सोमबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४५ रुपैयाँ पुगेको छ, जसअनुसार चाँदीको मूल्यमा १४५ रुपैयाँले वृद्धि भएको छ।




