काठमाडौं, २७ चैत । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको उपचारका क्रममा निधन भएको छ। अप्रिलको सुरुआतमा भएको आक्रमणमा गम्भीर घाइते भएका खराजीलाई अस्पतालमा भर्ना गरिएको थियो।
इरानी सञ्चारमाध्यमहरूले उनको मृत्यु भएको पुष्टि गरेका छन्, जसलाई बीबीसीले पनि उल्लेख गरेको छ। खराजी इरानको राजनीतिमा सुधारवादी धारका प्रभावशाली नेताका रूपमा चिनिन्थे। उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख तथा सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारसमेत थिए।
खराजीले सन् १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सुधारवादी धारलाई समर्थन गर्ने जामरान न्युजका अनुसार, १ अप्रिलमा तेहरानस्थित उनको निवासलाई लक्षित गरी आक्रमण भएको थियो, जसमा उनी गम्भीर घाइते भएका थिए।
उक्त आक्रमणमा उनकी पत्नीको पनि मृत्यु भएको जनाइएको छ।




