काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक विवरणअनुसार अधिकांश मन्त्रीहरूसँग उल्लेखनीय मात्रामा सुन रहेको देखिएको छ।
हालको बजार मूल्यअनुसार एक तोला सुनको मूल्य करिब २ लाख ९७ हजार रुपैयाँ रहेको आधारमा मन्त्रीहरूसँग रहेको सुनको अनुमानित मूल्य यसप्रकार छ:
- बालेन शाह (प्रधानमन्त्री)
श्रीमतीको नाममा १९० तोला सुन – करिब ५ करोड ६४ लाख ३० हजार रुपैयाँ - स्वर्णिम वाग्ले (अर्थमन्त्री)
४५ तोला – करिब १ करोड ३३ लाख ६५ हजार रुपैयाँ - शिशिर खनाल (परराष्ट्रमन्त्री)
२२ तोला – करिब ६५ लाख ३४ हजार रुपैयाँ - बिराज भक्त श्रेष्ठ (ऊर्जामन्त्री)
१५ तोला – करिब ४४ लाख ५५ हजार रुपैयाँ - सुधन गुरुङ (गृहमन्त्री)
८९ तोला – करिब २ करोड ६४ लाख ३३ हजार रुपैयाँ - सुनिल लम्साल (भौतिक पूर्वाधार मन्त्री)
३० तोला – करिब ८९ लाख १० हजार रुपैयाँ - सोबिता गौतम (कानुन मन्त्री)
१५ तोला – करिब ४४ लाख ५५ हजार रुपैयाँ - सीता बादी (महिला, बालबालिका मन्त्री)
१८ तोला – करिब ५३ लाख ४६ हजार रुपैयाँ - प्रतिभा रावल (सामान्य प्रशासन मन्त्री)
२५ तोला – करिब ७४ लाख २५ हजार रुपैयाँ - निशा मेहता (स्वास्थ्य मन्त्री)
३० तोला – करिब ८९ लाख १० हजार रुपैयाँ - सस्मिता पोखरेल (शिक्षा मन्त्री)
अभिभावकको नाममा २५ तोला – करिब ७४ लाख २५ हजार रुपैयाँ - खड्कराज पौडेल (पर्यटन मन्त्री)
११ तोला – करिब ३२ लाख ६७ हजार रुपैयाँ - बिक्रम तिमिल्सिना (सञ्चार मन्त्री)
११.५ तोला – करिब ३४ लाख १५ हजार ५ सय रुपैयाँ - गीता चौधरी (कृषि मन्त्री)
५ तोला – करिब १४ लाख ८५ हजार रुपैयाँ - गौरी कुमारी यादव (उद्योग मन्त्री)
८० तोला – करिब २ करोड ३७ लाख ६० हजार रुपैयाँ - रामजी यादव (श्रम मन्त्री)
आफ्नो र श्रीमतीको नाममा ५० तोला – करिब १ करोड ४८ लाख ५० हजार रुपैयाँ
सार्वजनिक गरिएको सम्पत्ति विवरणले मन्त्रीहरूसँग सुन महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको देखाएको छ। यसले व्यक्तिगत सम्पत्तिमा पारदर्शिता बढाउने प्रयाससँगै जनचासो पनि बढाएको छ।




