इस्लामाबादमा इरानी विदेशमन्त्री अराघचीको आगमन, क्षेत्रीय शान्ति विषयमा छलफल हुने

इरानका विदेशमन्त्री अब्बास अराघची प्रतिनिधिमण्डलसहित पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उनलाई उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक दार, फिल्ड मार्सल असिम मुनिर लगायत उच्च अधिकारीहरूले स्वागत गरेका छन्।

विज्ञप्तिमा इरान र अमेरिकाबीच कुनै वार्ता हुने उल्लेख गरिएको छैन। यसअघि इरानको विदेश मन्त्रालयले पनि अराघचीको इस्लामाबाद भ्रमणका क्रममा अमेरिका–इरानबीच कुनै बैठक तय नभएको स्पष्ट पारेको थियो।

यद्यपि इरानका प्रवक्ताले पाकिस्तानलाई इरानको प्रस्ताव प्रस्तुत गरिने जानकारी दिएका छन्। भ्रमणका क्रममा विदेशमन्त्री अराघचीले पाकिस्तानका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

उक्त भेटमा मध्यपूर्वको पछिल्लो अवस्था, क्षेत्रीय शान्ति, स्थिरता तथा जारी कूटनीतिक प्रयासहरूबारे महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर