नयाँ कार्यविभाजनसहित मन्त्रीहरूको जिम्मेवारी हेरफेर, प्रधानमन्त्री बालेनसँग गृह र रक्षा मन्त्रालय

काठमाडौं । रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी निर्धारण गरेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गठन भएको सरकारमा प्रधानमन्त्री बालेन शाह को सिफारिसमा मन्त्रीहरूको नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री बालेन शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

त्यसैगरी, अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्ले लाई दिइएको छ भने परराष्ट्र मन्त्रालय शिशिर खनाल ले सम्हाल्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठ लाई प्रदान गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालय सुनिल लम्साल लाई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतम लाई तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय सीता बादी लाई जिम्मेवारी दिइएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावल लाई दिइएको छ भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निशा मेहता ले सम्हाल्ने भएकी छन् ।

त्यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेल लाई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेल लाई जिम्मेवारी दिइएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय डा. विक्रम तिमिल्सिना लाई, कृषि, वन तथा वातावरण मन्त्रालय गीता चौधरी लाई तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गौरी कुमारी लाई प्रदान गरिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी रामजी यादव ले सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर