एटीएमबाट १०० रुपैयाँको नोट उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएमबाट १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

आगामी दशैं-तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो। हाल अधिकांश एटीएमबाट ५०० र १००० रुपैयाँका नोट मात्र झिक्न सकिने अवस्था छ।

राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई परिपत्र जारी गर्दै सो व्यवस्थाका लागि आवश्यक प्राविधिक तयारी गर्न भनेको छ। सानो रकमका लागि पनि ग्राहक काउन्टरसम्म जानुपर्ने बाध्यता हटाउने र चाडपर्वको समयमा बैंकमा हुने भीड व्यवस्थापन गर्ने उद्देश्यले यो निर्णय गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर