आईसीयूभित्र अन्तर्वार्ता प्रकरण : नामसहित विवादमा तानिए ठकुरी

काठमाडौं — छाउनीस्थित सैनिक अस्पतालको आईसीयूभित्रै पुगेर अन्तर्वार्ता लिएको घटनामा संलग्नहरुको नाम खुलेको छ।

युट्युब च्यानल इनसाइड द बंकर’का सञ्चालक सुरजसिंह ठकुरीले रसुवाको भोटेकोशी बाढीमा परेर त्रिशूली थ्री-ए को सुरुङमा १० दिन फसेर उद्धार गरिएका सन्तोष साह र कवीर महर्जनको आईसीयूभित्रै अन्तर्वार्ता लिएका हुन्।

भिडियोमा ठकुरीले आफूले प्रमुख सेनानी अनुप थापा सँग समन्वय गरेर अस्पताल प्रशासनको अनुमति लिएको दाबी गरेका छन्। तर घाइतेका परिवारले भने आफूहरुसँग अनुमति नलिएको भन्दै आपत्ति जनाएका छन्। भिडियोमा बिरामी र ठकुरी दुवैले मास्क नलगाएको देखिन्छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले आईसीयू संवेदनशील क्षेत्र भएकाले यस्तो गर्न नमिल्ने बताएका छन्। प्रेस काउन्सिलका सहप्रवक्ता *रामशरण बोहरा* ले अस्पताल, प्रस्तोता ठकुरी र नेपाल मेडिकल काउन्सिललाई पत्र पठाएर छानबिन सुरु गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर