काठमाडौं, १४ असोज |
केही निर्वाचन क्षेत्रमा प्रतिनिधि छान्ने काम वर्षाका कारण ढिलो भएपछि नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको उद्घाटन दुई दिन पछि सारेको छ। असोज १६ मा सुरु गर्ने भनिएको महाधिवेशन अब असोज १८ गते खुलामञ्चमा सुरु हुनेछ।

बाँकी क्षेत्रीय अधिवेशन असोज १५ भित्र सक्ने र त्यसपछि प्रतिनिधि दर्ता गर्ने तालिका छ। बन्दसत्रपछि असोज २१ र २२ गते मतदान हुनेछ। थपिएको समयले तयारी पूरा गर्न सघाउने भए पनि दसैँअघि सबै प्रक्रिया टुंग्याउने चाप कांग्रेससामु छ।




