एनपीएलमा आज निर्णायक भिडन्त : काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने

१४ मंसिर, काठमाडौं । त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच महत्वपूर्ण खेल हुँदैछ । खेल अपराह्न ३:३० बजे सुरु हुनेछ।

कप्तान सोमपाल कामीको नेतृत्वमा रहेका कर्णाली याक्सले अहिलेसम्म चार खेलमध्ये एक खेल मात्रै जितेको छ । दुई अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीका लागि प्लेअफमा रहने सम्भावना जोगाउन आजको खेल जित्नैपर्ने दवाब छ।

उता, करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाजले पाँच खेलमध्ये तीन खेलमा जित दर्ता गर्दै तेस्रो स्थानमा उक्लिएको छ । प्लेअफमा स्थान सुरक्षित गर्न काठमाडौंका लागि पनि आजको खेल अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।

दुवै टोलीका लागि आजको सामना प्रतियोगिताको भविष्य निर्धारण गर्ने निर्णायक खेल हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित खबर