गण्डकीको हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना, अधिकांश प्रदेशमा आंशिक बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली प्रभावकारी नरहे पनि विभिन्न प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ।

बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहनेछ।

राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहने सम्भावना छ। साथै, गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर