१३ पुस, काठमाडौं — नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तोकिएको सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दै २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। आइतबार चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
लगातारको मूल्यवृद्धिसँगै सुनचाँदी बजारले नयाँ रेकर्ड बनाउँदै गएको छ।




