सुनको मूल्यमा ऐतिहासिक उछाल — एकैदिन तोलामा २०,५०० रुपैयाँ वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको छ। बिहीबार पनि सुनको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला रु. ३ लाख १८ हजार ८ सय पुगेको थियो, जुन त्यस समयसम्मको उच्च रेकर्ड थियो। तर, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य अझै बढेर प्रतितोला रु. ३ लाख ३९ हजार ३ सय पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला रु. २० हजार ५ सय ले बढी हो, जसले एकैदिनमा ठूलो वृद्धि भएको देखाउँछ।

उता, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार प्रतितोला रु. ७ हजार ३ सय मा कारोबार भएको चाँदी बिहीबार बढेर रु. ७ हजार ५ सय ५ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा रु. २०५ ले वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च दरमा कारोबार भइरहेको छ। आज सुन प्रतिऔंस ५,५५८ अमेरिकी डलर मा कारोबार भइरहेको जनाइएको छ।

लगातार बढिरहेको मूल्यले सुनचाँदी बजारमा नयाँ रेकर्ड कायम गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर