काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बितमा परेको छ । उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगर प्रमुख प्रशासकिय अधिकृत सरोज गरागाईले बताए ।

मेयर बालेन्द्न शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ ।

महानगरको प्रमुख प्रशासकीय अधिकृतले कार्यालय प्रवेशमा अवरोध गरिएको अधिकृतले  प्रयोग गर्ने  गाडीमा ‘ह्विल लक’ गरिएको, , जनप्रतिनिधिलाई अभद्र व्यवहार गरिएको,  अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको  जस्ता विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो ।

यता निमम्वन पछि मेयर बालेन लाई नभेटी निमम्वन पत्र बोकेर बाहिरिएको छ पाष्डे ।

 

प्रतिक्रिया
सम्बन्धित खबर