काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरी सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ १०५ रुपैयाँ ७३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक जानकारी राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।




