केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पताल को भिआइपी क्याबिनमा भर्ना

शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ। प्रारम्भिक परीक्षणपछि उनलाई अस्पतालको भिआइपी क्याबिनअन्तर्गत ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी रहेका ओलीलाई सोही प्रकृतिका बिरामीका लागि छुट्याइएको बेडमा राखिएको छ। यसअघि उनलाई आकस्मिक कक्षको २७ नम्बर बेडमा राखेर प्रारम्भिक परीक्षण गरिएको थियो।

भक्तपुरको गुण्डु क्षेत्रबाट पक्राउ गरिएका ओलीलाई प्रहरीले सुरुमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको थियो। त्यसपछि स्वास्थ्य अवस्था मूल्याङ्कनका लागि अस्पताल लगिएको हो।

प्रतिक्रिया
सम्बन्धित खबर