१६ चैत, काठमाडौं — अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग लगायत मातहतका विभिन्न निकायहरूमा खटाइएको छ।
यससँगै केही उपसचिवहरूलाई प्रदेशस्तरीय आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत सरुवा गरिएको छ।
स्वर्णिम वाग्ले नेतृत्वमा अर्थ मन्त्रालय सम्हालेपछि यो पहिलो ठूलो स्तरको सरुवा हो। यस कदमलाई प्रशासनिक कार्यक्षमता सुधार र कार्य विभाजन सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।




