अजबान, युएईमा क्षेप्यास्त्रको अवशेष खस्दा १२ जना घाइते — हवाई रक्षा प्रणालीले ठूलो क्षति हुनबाट जोगायो

युएईको अजबान क्षेत्रमा शुक्रबार क्षेप्यास्त्रको अवशेष खस्दा १२ जना व्यक्ति घाइते भएका छन्। अधिकारीहरूका अनुसार हवाई रक्षा प्रणालीले क्षेप्यास्त्रलाई सफलतापूर्वक अवरोध गरेपछि यसको भग्नावशेष जमिनमा खसेको हो।

घाइतेहरूमध्ये ६ जना नेपाली र ५ जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई सामान्यदेखि मध्यम स्तरका चोटपटक लागेको छ भने एक नेपाली नागरिकको अवस्था गम्भीर रहेको बताइएको छ।

यस घटनाले मध्यपूर्वमा बढ्दो तनावको प्रभाव देखाएको छ। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको हो। त्यसपछि इरानले इजरायल, जोर्डन, इराक तथा खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र आक्रमणहरू गरिरहेको छ।

यस प्रकारका घटनाले मानविय क्षति मात्र नभई पूर्वाधार, अन्तर्राष्ट्रिय उड्डयन र विश्व बजारमा समेत प्रभाव पारिरहेको छ।

(स्रोत: समाचार एजेन्सी टर्की)

प्रतिक्रिया
सम्बन्धित खबर