अमेरिका–इरानबीच इस्लामाबादमा पुनः संवादको तयारी, आणविक विषय मुख्य एजेन्डामा

अमेरिका र इरानबीच आगामी हप्ता पाकिस्तानको राजधानी इस्लामाबादमा पुनः संवाद हुने सम्भावना देखिएको छ। पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेपछि दुवै देश दोस्रो चरणको संवादका लागि तयारीमा जुटेका हुन्।

एक अमेरिकी पत्रिकाको विवरणअनुसार, अमेरिका र इरानले मध्यस्थकर्तामार्फत सम्भावित सहमतिपत्रको मस्यौदामा काम गरिरहेका छन्। उक्त पहलले करिब एक महिनासम्म चल्न सक्ने औपचारिक संवादको बाटो खोल्न सक्ने बताइएको छ।

अमेरिकाले प्रस्ताव गरेको १४ बुँदे मस्यौदामा इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव कम गर्ने तथा इरानको उच्च रूपमा प्रशोधित युरेनियम भण्डार तेस्रो मुलुकमा सार्ने विषय समेटिएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट छिट्टै सकारात्मक प्रतिक्रिया आउने अपेक्षा व्यक्त गरेका छन्। उनले संवादमा प्रगति भए युद्धविरामको अवधि थप लम्बिन सक्ने संकेत पनि दिएका छन्।

यता, कतारस्थित एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले आफ्नो आणविक कार्यक्रम तथा उच्च रूपमा प्रशोधित युरेनियमको विषयमा कुनै सहमति नगर्ने अडान दोहोर्‍याएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर