काठमाडौँ — कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक ट्राफिक जाम समयमा गन्तब्य पुग्न कठिन सबैको ठाउको दुखाई बनेको ग्वार्को ओभरपासको काम निर्माण थालेको ३९ महिनापछि शुक्रबारदेखि ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउने भएको छन् ।
ओभरपास निमार्ण हुन पहिला नै यो खण्डमा ट्राफिक जाम बढी नै हुन्थ्यो । निर्माण थालेदेखि बिहान कार्यालय समय र साँझ बढी सवारी चाप हुने गरेको ओभरपास सञ्चालनमा आएपछि यो समस्या हट्नेछ, सवारी आवागमन सहज हुनेछ ।
ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ । दुवैतर्फ चार तहको कालोपत्र गरिएको छ । ओभरपासको दूरी १०.२ मिटर छ । दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण थालिएको थियो । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र काम सकिनुपर्ने थियो । उक्त समयभित्र नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो, तर काम सकिएन । पछि पुस ९ सम्मका लागि म्याद थियो । ठेक्का लिने कम्पनीले पटक–पटक समय थप गर्दा पनि काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।




