नेपाल बैदेशिक रोजगार ब्यावसायी नेवा : समाज को छैटौं बार्षिक साधारण सभा सम्पन्न

नेपाल बैदेशिक रोजगार ब्यावसायी नेवा : समाज को छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको बिशेष अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरद र्सिह भण्डारीले वैदेशकि रोजगारीमा १०० को संख्या तत्काल राष्ट्रिय सभाबाट पास भएको जानकारी गराउदै उक्त बिधेक अव प्रतिनिधि सभाबाट बिचमा कुनै अवरोध नभए पास हुन्छ भन्ने भनाई राख्दै यस क्षेत्रलाई थप ब्यावस्थित र मर्यादित बनाउन शेवा सुल्क देखि श्रम स्विकृती सम्म सहज बनाउने बैदेशिक रोजगार ब्यावसायी संघको नेतृत्वमा यस क्षेत्रमा भएको समस्या लिएर मन्त्रालयमा आउनु र हातेमालो गरेर अगाडी बड्ने प्रतिवद्धता गर्नु भयो । त्यस्तै प्रमुख अतिथि माननिय एल पि सवाँ लिम्वुले बैदेशिक रोजगार ब्यावसायीको इतिहास स्परण गराउदै २०४२ को ऐन २०६४ मा सम्सोधन गरेको र बिदेशमा रोजगारीको शिलशिलामा जानु भएको कुनै पनि ब्याक्ति जुन सुकै कारणले मृत्तु भएमा इन्सुरेुस पाउने ब्यावस्था बैदेशिक रोजगार ब्यावसायी संघको अध्यक्ष हुँदा लागु गरेको र हालमा सरकारको निति अस्पष्ट भएको हुदा यसलाई संचाउन जरुर देखिएको बताउनु भयो । बैदेशिक रोजगार ब्यावसायी नेवा : समाजको अध्यक्ष किसन प्रधानले ब्यावसायीको हक हित सुनिश्चत हुनु पर्ने यस क्षेत्रमा देखिएका समस्याहरुको तत्काल समधान हुनु पर्ने  ब्यावसायीलाई मार पर्ने कुनै पनि सिन्डिकेट लागु हुन नदिने र नेपाल जाईका  JAAN को मुद्दा सम्मानीत अदालतले ब्यावसायीकै हितमा निर्णय गर्छ भन्ने आशा राख्दै सभा समापन गर्नु भयो  ।

नेपाल बैदेशिक रोजगार ब्यावसायी नेवा : समाज को छैटौं बार्षिक साधारण सभाबाट अध्यक्ष किसन प्रधान प्रथम उपाध्यक्ष बिजयराज श्रेष्ठ दितिय उपाध्यक्ष दिनेश श्रेष्ठ तृतिय उपाध्यक्ष प्रबिण श्रेष्ठ महासचिव देबेन्द्र नारायण श्रेष्ठ सचिव गगन श्रेष्ठ कोषध्यक्ष रबिन श्रेष्ठ सदस्यहरु मोति लक्ष्मी श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठ, चन्द्र श्रेष्ठ, अमित कुमार श्रेष्ठ ,बिधा बज्रचार्य सर्व सहमतिबाट निर्वाचित हुनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित खबर