पशुपतिनाथमा ऋषि पञ्चमीको भीड

काठमाडौं, ३० भाद्र – आज ऋषि पञ्चमी पर्व भएकाले पशुपति क्षेत्रमा बिहानैदेखि भीड लागेको छ।

बिहान ४ बजेदेखि नै महिलाहरु बागमती किनार, गुह्येश्वरी र गौरीघाटमा स्नान गरेर सप्तऋषिको पूजा गरिरहेका छन्। धेरै महिलाले ३६५ वटा दत्तिवनले दाँत माझेर गाईको गोबर र माटोले स्नान गरेका छन्।

पशुपति क्षेत्र विकास कोषले भीड व्यवस्थापनको लागि सुरक्षाकर्मी खटाएको छ। आज दिउँसो ११ बजेदेखि १:३० बजेसम्म पूजा गर्ने उत्तम समय रहेको छ। दिउँसो १२ बजेपछि मुख्य मन्दिर बन्द हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर