गुँला पर्व सुरु : एक महिनासम्म बौद्ध परम्पराअनुसार विशेष पूजाआजा र परिक्रमा

काठमाडौं — बौद्ध धर्मावलम्बीहरूको एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ, जुन नेपाल संवत्‌को नवौँ महिना ‘गुँलाथ्व’ देखि ‘ञलाथ्व’ सम्म मनाइन्छ । यो पर्व भदौ ८ गते सम्पन्न हुनेछ ।

गुँला पर्वको विशेषता विभिन्न मठमन्दिर, चैत्य र बहाः–बहीको परिक्रमा, न्याकुँ बाजा, धिमे, धाः, भुस्याबाँसुरी जस्ता मौलिक बाजा बजाउने परम्परा हो । बौद्धमार्गीहरू दैनिक महाचैत्य र विभिन्न देवी–देवताका मन्दिर परिक्रमा गर्छन्, जसमा अन्य धर्मावलम्बीको समेत सहभागिता देखिन्छ ।

संस्कृतिकर्मीहरूका अनुसार ‘गुँ’ भनेको ‘नौ’ र ‘ला’ भनेको ‘महिना’ भएकाले यसलाई गुँला पर्व भनिन्छ । पछिल्लो समय पर्वको सांस्कृतिक रूपान्तरणसँगै सहभागिता र मौलिकता दुवै बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर