काठमाडौं, १७ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको लिग चरण अघि बढ्दै जाँदा आजका दुवै खेल टोलीहरूको अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने दृष्टिले महत्वपूर्ण मानिएका छन्।




