चीनद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई, द्विपक्षीय सहयोग बढाउन प्रतिबद्धता

काठमाडौँ । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले बधाई दिँदै नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अन्तरिम सरकारबारे टिप्पणी गर्दै भने, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा चीनले सुशीला कार्कीलाई बधाई दिएको छ।”

उनले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता स्मरण गर्दै थपे, “चीनले सदैव नेपाली जनताले रोजेको विकास मार्गको सम्मान गर्छ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रमा आदान–प्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ।”

यसअघि भारत, अमेरिका लगायतका मित्र राष्ट्रहरूले पनि प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खबर