९ असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । उक्त सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गर्नेछ ।
जेनजी आन्दोलनका क्रममा गत २७ भदौमा प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले यसअघि प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरिसकेकी छिन् ।
आजको सम्बोधनमा सरकारले हालका चुनौती, आगामी नीति–कार्यक्रम तथा निर्वाचन तयारीबारे जनतालाई जानकारी दिने अपेक्षा गरिएको छ ।




