१२ असोज, काठमाडौं । नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा बढुवाका लागि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले सिफारिस गरेको छ।
आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
राठौरलाई **नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, नक्साल)**मा, चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाममा, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालमा र विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीमा दरबन्दी सिफारिस गरिएको छ।





