सुन प्रतितोला २ लाख ५८ हजारमा पुग्यो, चाँदीको मूल्य पनि बढ्यो

३१ असोज, काठमाडौं । लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज पुनः नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण गरिएको छ।

आज एकैदिन सुनको मूल्य ७ हजार १ सय रुपैयाँले बढेको हो। हिजो मात्रै प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि उकालो लागेको हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। अघिल्लो दिन ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३५० रुपैयाँमा पुगेको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्य र अमेरिकी डलरको प्रभावले नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य निरन्तर बढ्ने क्रम जारी छ।

प्रतिक्रिया
सम्बन्धित खबर