प्रधानमन्त्री सुशीला कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज संयुक्त बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय समन्वय र सहकार्य सुदृढ पार्ने उद्देश्यले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी हुने छन्।

प्रधानमन्त्री कार्कीले हालको परिवर्तित राजनीतिक र प्रशासनिक सन्दर्भमा संघीय र प्रदेश सरकारबीचको संवाद, सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले बैठक बोलाएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर