भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको : गृहमन्त्री लेखक को दाबी

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन् ।   शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

गृहमन्त्री लेखकले  अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए । उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार  र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन , हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु,’ लेखकले भने, ‘मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रुपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहान्छु । र म साथिहरुलाई आग्रह गर्न चाहन्छु–संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनैपनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो । त्यसको ताकत साथीहरूसँग छ भन्दै गर्दा यता प्रतिपक्षहरु  नाराबाजी गरि रहेका थिए  ।

प्रतिक्रिया
सम्बन्धित खबर